ट्यूसन पढेर घर फर्किएका बालक सहित दुर्घटनामा गयो दुई जनाको ज्यान

Uncategorized

सर्लाही । सर्लाहीमा गएराति भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपाकिाल–६, लक्ष्मीपुर कोद्राहमा ज १ त २२१३ नम्वरको ट्रयाक्टर पल्टिँदा सोही स्थानका २० वर्षीय जनसहिल मन्सुर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी–१, लखन्देही पुलमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । नवलपुरतर्फ जादैं गरेको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४, सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपुरमा ट्यूसन पढेर साइकलमा घर फर्किंदै गर्दा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्बरको ट्रकले ठक्कर दिन पुगेको थियो ।

– enepalpost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *