२ बजे बोलाएको मन्त्रिपरिषद् बैठक ५ बजेलाई सर्‍यो

समाचार

काठमाडौं । लकडाउनका बारेमा ठोस निर्णय गर्न आइतबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ३ घण्टा पर सरेको छ । 

बैठक साँझ ५ बजे बस्नेगरी समय परिवर्तन भएको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् अघि  प्रधानमन्त्री केपी ओेलीले कोरोना रोकथाम तथा उच्चस्तरीय समितिका अधिकारीहरुसँग छलफल गर्नेछन् । 

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो । 

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ । भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यही स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामी साताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रीको भनाइ छ ।

उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ । 

पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ । भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यही स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामी साताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रीको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *