हेण्ड् सेनीटाइजर उत्पादन गर्ने इभरग्रिन हर्वल प्रालिलाई ५० हजार जरिवाना

समाचार

विराटनगर ४ चैत । हेण्ड्स सेनीटाइजर उत्पादन गर्ने विराटनगर १० मा रहेको इभरग्रिन हर्वल एण्ड् कस्मेटीक प्रोडक प्रालि लाई ५० हजार जरिवाना गरिएको छ ।

मंगलवार औषधि विभागको अगुवाइमा सो उद्योगमा अनुगमन गर्दा उत्पादित सेनिटाइजरको कम्पोजीसन, उत्पादन, लेवलका साथै मूल्यमा एकरुपता नपाए पछि वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमाल बरालले सो उद्योगलाई उपभोक्त संरक्षण ऐनको दफा ३९ को उपदफा ए को खण्ड घ बमोजिम रु ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको हल्ला फैलिएसंगै बजारमा अभाव भएको हेण्ड्स सेनीटाइजर उत्पादन गरेर बढी भन्दा बढी नाफा कमाउने उद्येश्यले दर्तानै नगरी केमीकलको मात्रा नमिलाइ प्रयोग गरेर उत्पादन गर्ने गरेको पाईएको छ ।

अनुगमनका क्रममा सो सेनीटाइजर उत्त्पादन गर्दा सफा नगरेको कामदारहरुले खुल्ला हातले प्याकीङ्ग गरेको र उद्योगको बोर्ड समेत नराखेको पाइएको थियो ।

एकसय १० एमएलको सेनीटाइजरलाई २ सय ५० रुपैयाँ लिएर उपभोक्तालाई ठगीगरेको पाइएको पाइएपछि सो उद्योगलाई जरीवाना गरी सम्पूर्ण कागजात लिएर एक हप्तामा वाणिज्य कार्यालयमा आउन निर्देशन दिइएको छ ।

विराटनगरमा सेनीटाइजर उत्पादन गर्ने विभिन्न उद्योगहरुमा अनुगमन गरी सेनीटाइजरको मूल्यमा एकरुपता ल्याउन र जथाभावी मूल्य तोकेर उपभोक्ता ठगी गर्ने उद्योगलाई कारवाही गरीने प्रमुख बरालले बताउनु भयो ।

उहाँले उपभोक्तबाट अनुचित मूल्य लिएर विक्रिवितरण गरिएको प्रमाण पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ अन्र्तगत ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने बताउनु भएको । विराटनगर स्थित हिमगिरी सोप एण्ड केमीकलमा पनि अनुगमन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, बाणिज्य कार्यालय विराटनगर , औषधि व्यवस्था विभाग , घरेलु तथा सानाउद्योग कार्यालय विराटनगर, साथै नापतौल कार्यालय विराटनगर जिल्ला प्रहरी कार्यालय विराटनगर र उपभोक्ता संगको संयुक्त आयोजनामा अनुगमन गरिएको थियो । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *