दुवईमा नेपाली पत्रकारमाथि निर्घात कुटपिट

Uncategorized

दुवई । युएईको दुवईमा नेपाली पत्रकारमाथि निर्घात कुटपिट भएको छ । रुकुम घर भइ हाल दुवइमा रहेका पत्रकार पृथीछक बुढामगरमाथि बाटोमा हिँडिरहेका वेला परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरी कुटेका थिए ।

उक्त समुहले बुढामगरलाई रडले टाउकोमा प्रहार गर्दा उहाँको टाउकोमा गम्भिर चोट लागेको साथै हातमा पनि चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो । आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारीसहितको उजुरी दिएको पत्रकार बुढामगरले जानकारी दिए ।

साभार – News24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *