यी हुन् बच्चा अपहरणकारी समात्‍ने बहादुर प्रहरी

समाचार

काठमाडौं। सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा।’ आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो।महानगरीय प्रहरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए। उनले तुरुन्तै ६ जनाको टोली बनाए। हलचोकमै ‘चेकप्वाइन्ट’ थापेर सवारी जाँच सुरु गरे।

अपहरण मोटरसाइकलमा गरिएकाले ध्यान त्यसैमा थियो। आउजाउ गरिरहेका सबै मोटरसाइकलमा उनीहरू चिलको नजर लगाएर बसेका थिए। सार्वजनिक तथा निजी सवारी रोकेर केरकार गर्न पनि छाडेका थिएनन्।पन्ध्र मिनेट नबित्दै वाकीटकीमा अर्को सन्देश आयो।

‘बालाजुबाट पास भएको सेतो रङको बा१ज ९७७३ नम्बरको माइक्रो शंकास्पद छ। त्यसमा अपहरित बालकले जस्तै सेतो सर्ट र खैरो रंगको हाफपाइन्ट लगाएको बच्चा छ, चेकिङ कडा बनाउनू।’बालाजु प्रहरी कार्यालयले दिएको यो सन्देशका आधारमा सवारी चेकिङको प्राथमिकता मोटरसाइकलबाट माइक्रोतिर मोडियो।केही बेरमै त्यही नम्बरको शंकास्पद माइक्रो हलचोक आइपुग्यो। टोली सतर्क भयो। असई चपाईंले माइक्रो रोक्न लगाए। उनले ढोका खोलेर यात्रुहरूसँग केरकार थाले।

त्यतिबेलासम्म माइक्रोमा सवार एक बालक मोबाइल खेलेर बसिरहेका थिए। उनको हुलिया अपहरित बालकसँग मेल खान्थ्यो। प्रहरीले सोधपुछ गर्यो । बालकसँगै बसेको एउटा युवक हड्बडायो। उसले हत्तपत्त बालकको हातबाट मोबाइल खोस्यो। सबैलाई ठेलठाल पार्दै माइक्रोबाट बाहिर हाम्फाल्यो।प्रहरीले त्यहीँ उसको कठालो समातेर पछार्न खोजेका थिए । स्वयम्भु हुलाकघरतिर सुइँकुच्चा ठोक्यो एकाएक यात्रु भागेपछि प्रहरीको शंका झन् बलियो भयो।

उनीहरूले बालकलाई नियन्त्रणमा लिए। प्रहरी जवान राजकुमार वाग्ले चाहिँ ‘समात् समात्’ भन्दै भगुवा यात्रुलाई पछ्याउन थालेकरिब ५ सय मिटर पछ्याएपछि वाग्ले उसलाई अँठ्याउन सफल भएउनले त्यो युवकका दुवै हात पछाडि मोडेर च्याप्प समाते। अर्को हातले घाँटी अँठ्याए। घिच्याउँदै चेकप्वाइन्टतिर ल्याए। केही वर आइपुग्दा अन्य प्रहरी सघाउन पुगे। त्यतिबेलासम्म असई चपाईंले माइक्रोका अरू यात्रुलाई सोधपुछ गर्न थालिसकेका थिए। वाकीटकीमार्फत घटनाको सर्कुलर पनि गरेमाइक्रोमा अन्य शंकास्पद कोही भेटिएनन्। प्रहरीले पक्राउ व्यक्ति र बालकलाई हलचोक वृत्तमा ल्याए। केरकार गरेपछि अपहरणको योजना पर्दाफास भयो।

प्रहरी जवान वाग्लेको सुझबुझ, फुर्ति र बहादुरीका कारण पक्राउ परेका बालक अपहरणकारी खेमराज खड्का रहेछन्।

‘माइक्रो रोकेर ढोका खोल्नेबित्तिकै उसले (खड्का) बच्चाले खेलाइरहेको मोबाइल खोस्यो, मोबाइल खोस्नासाथ बच्चा रुन थालिहाल्यो, ऊ भने एक सेकेन्ड नबिराई कुलेलम ठोक्यो,’ अघिल्लो दिन अपहरणकारी पक्राउ गर्दाको क्षण सम्झँदै वाग्लेले भने, ‘म ‘समात् समात्’ भन्दै पछाडि दौडिएँ। झन्डै ५ सय मिटर परसम्म लखेटेपछि त्यसको हात समातेर लक लगाएँ अनि घाँटीमा अँठ्याएर ल्याएँ।’

वाग्लेका अनुसार अपहरणकारी पिछा गर्दा उनीहरू दुईबीच झन्डैझन्डै १५ मिटर अन्तर थियो। यो अन्तर मेटेर काबुमा लिन बेजोड कुद्नुपरेको उनले बताएमैले लखेटिरहेका बेला त्यहाँ थुप्रै स्थानीय थिए। ‘भागिरहेका मान्छेलाई समात्नुस्’ भन्दै म कराइरहेको थिएँ। युनिफर्म लगाएको पुलिसले चिच्याइचिच्याई सहयोग माग्दा पनि कसैले वास्ता गरेन,’ वाग्लेले दुःखमनाउ गर्दै भने, ‘आखिर आफैं दौडिएर समात्न सफल भएँ।’

समातेर अँठ्याएपछि भने अलिअलि डर लागेको उनले सुनाए। हुन त खड्काको उचाइ वाग्लेको भन्दा होचो नै हो। अपहरणमा संलग्न मान्छेसँग पेस्तोल, छुरी वा अन्य हातहतियार हुनसक्ने शंकाले उनी भयभीत थिए। त्यसबेला उनीसँग हतियारका नाममा लठ्ठी पनि थिएन। अपहरणकारी माइक्रोबाट हाम्फालेर भाग्नेबित्तिकै वाग्ले दायाँबायाँ केही नहेरी निहत्था पछ्याउन थालेका थिए।धन्न, हतियार केही रहेनछ,’

उनले मुसुक्क हाँस्दै भने, ‘मैले च्याप्प समातेर घिच्याउँदै लिएर आएँ। बन्दुक भइदिएको भए त ठोकिइहाल्थ्यो नि!’ उदयपुरका वाग्ले पाँच वर्षअघि मात्र प्रहरी जवानमा भर्ती भएका हुन्। उनी पहिले ट्राफिक प्रहरीमा कार्यरत थिए। संविधानसभा निर्वाचन क्रममा जनपदमा आएका। त्यसयता हल्चोक वृत्तमै छन्। असई चपाईं भने पर्वतका हुन्। उनी सात वर्षदेखि प्रहरी सेवामा छन्।

ज्यानै जोखिम मोलेर अपहरणकारीलाई पक्राउ गरी बालकलाई सकुशल परिवारको जिम्मा लगाउन पाएकोमा वाग्ले र चपाईं दुवैले सन्तोष व्यक्त गरे। ‘बच्चा अपहरण गरेर भाग्ने गिरोहलाई समात्न सकियो, निकै खुसी लागेको छ,’ वाग्लेले गर्वसाथ भने, ‘यस्तै अपराधी समात्नलाई त पुलिस बनेको हुँ।बालकका परिवारले धन्यवादसम्म नभनेकोमा भने उनीहरूले चित्त दुखाए।हुन त हाम्रो काम नै जनताको जीवन रक्षा गर्नु हो,’ चपाईंले भने, ‘तर यति छोटो अवधिमा जोखिम मोलेर बच्चालाई जोगाउन सकियो, परिवारले भने धन्यवादसम्म भनेन।’

झापा घर भएका खड्कासहित चारजनाको टोलीले आइतबार दिउँसो ३ बजे धापासी–८ बाट बच्चा अपहरण गरेका थिए। उनी भाटभटेनीको मिल्सबेरी स्कुलको गाडीबाट ओर्लिएका थिए। आमा पिंकी बजाजसँग घर छिर्ने क्रममा दुइटा मोटरसाइकलमा सवार चारजनाले खोसेर अपहरण गरेका हुन्अपहरणकारी खड्काले बच्चालाई झापा पुर्याकएर फिरौती असुल्ने योजना रहेको बयान प्रहरीलाई दिएका छन्।

उनले अन्य चारजना कलंकीमा कुरेर बसेको समेत बताए। त्यसैका आधारमा खड्कालाई अघि लगाएर सादा पोसाकका प्रहरी कलंकी पुगे। चारजना भनिए पनि धुलावारी–४ का विवेक राई, निषेध तामाङ र रमेश अधिकारी गरी तीनजना मात्र पक्राउ परे। अन्य दुईजना नयाँ बसपार्कमा रहेको खुलेपछि प्रहरीको थप टोली त्यहाँ पुग्यो। उनीहरूसँग हतियारसमेत छ भन्ने थाहा पाएपछि प्रहरी सतर्क भएको थियो।

बयानकै आधारमा छापा मार्दा नयाँबसपार्कबाट झापाकै सुरज लिम्बू र केशव तामाङ पक्राउ परे। लिम्बूको साथबाट रिभल्भर तथा तीन राउन्ड गोली र तामाङको साथबाट रिभल्भर फेला पर्योम। अपहरणमा संलग्न प्रसन्न कार्की भने अझै फरार छन्।

असई चपाईंको नेतृत्व र प्रहरी जवान वाग्लेको स्फुर्ति तथा बहादुरीका कारण बालक अपहरणमा संलग्न गिरोह एक घन्टा नबित्दै पक्राउ पर्यो । महानगरीय प्रहरी परिसरको कार्यालयले दुवैलाई पुरस्कार निम्ति आयुक्त कार्यालयमा सिफारिस गरेको परिसरका एसपी नारायणसिंह खड्काले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *