१२ वर्षअघिको घटना भन्ने देउवालाई गगनको जबाफ – “जहिलेसुकैको होस्, दण्ड भोग्नुपर्छ”

समाचार

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अपराध गर्ने जो-सुकैले पनि दण्ड भोग्नु पर्ने बताएका छन्।

सामाजिक संजाल फेसबुक मार्फत गगन थापाले यस्तो बताएका हुन्। अपराध गर्ने व्यक्ति जोसुकै भएपनि, अपराध जहाँ भएपनि, अपराध जहिले भएतापनि, अपराध गर्ने व्यक्ति जुन ओहोदामा पुगेता अनि कारवाही हुनुपर्ने उनको बुझाइ छ।

“जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ।”,थापाले फेसबुकमा लेखेका छन्।

दोषीको छिनोफानो न्यायालयले गर्ने हुँदा निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नुपर्ने पनि थापाले उल्लेख गरेका छन्। “दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो।”,थापाले लेखेका छन्।

साथै थापाले अपराध गर्ने जो-सुकैले पनि दण्ड भोग्नु पूरै कांग्रेसको धारणा रहेको पनि स्पष्ट पारेका छन्। देउवाले दिएको विवादित अभिव्यक्ति प्रति लक्ष्य गर्दै थापाले प्रकाशमा आएका अन्य अभिव्यक्तिहरु व्यक्तिगत हुन जाने पनि उल्लेख गरेका छन्।

“१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको ?” भन्दै शुक्रबार देउवाले भक्तपुरमा दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै थापाले अन्य अभिव्यक्तिहरु व्यक्तिगत हुन जाने स्पष्ट पारेका हुन्।

गगन फेसबुकमा यस्तो लेख्छन् –

जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ।
दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो।
यही हो काँग्रेसको धारण।
बाँकी सबै व्यक्तिगत धारणा हुन।‬

यता देउवाले भने शुक्रबार दिएको अभिव्यक्ति बारे स्पष्टिकरण दिसकेकाका छन्। अस्पष्टता र अन्यौल निवारणार्थ शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै देउवाले र मोहमद अफताब आलम प्रकरणमा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका हुन्।

निर्दोष कोही दण्डित हुन नहुने र दोषीलाई उन्मुक्ति दिलाउन नहुने मान्यतामा आफू स्पष्ट गरेको हुँदा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गरिनुपर्ने उनको स्पष्टीकरण छ।

यस्तो छ देउवाको विज्ञप्ति !

प्रेस विज्ञप्ति
सबै अस्पष्टता र अन्यौल निवारणार्थ

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।

तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *