चियापान कार्यक्रमले राष्ट्रिय एकता ल्याउँछ : प्रचण्ड

समाचार

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले गर्ने चियापान कार्यक्रमले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने बताएका छन्।

दसैं, तिहार र छठ चाडपर्वको अवसरमा नेकपाले गरेको चियापान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा स्थापित दलले गर्ने यस्ता कार्यक्रमले दलबीच सहकार्यको वातावरण पनि सिर्जना गर्ने उल्लेख गरे।

‘यस्ता कार्यक्रमले दलबीच सामान्य राजनीतिक सहकार्यको वातावरण बनाउँछ’, उनले भने, ‘विश्वमा यस्ता मुलुक कमै छन् जहाँ सबै समुदायको संस्कार संस्कृतिलाई सम्मान गर्ने छ।’

दाहालले यस्ता कार्यक्रममा विदेशी कूटनीतिक निकायका कूटनीतिज्ञलाई पनि बलाइने भएका कारण अन्तर्राष्ट्रिय रूपमा पनि सकारात्मक हुने बताए। चियापान कार्यक्रमले नेपालको विविधताभित्र एकतालाई सुदृढीकरण गर्ने बताए। उनले सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अग्रसर रहेको बताए।

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र सफल भएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरे लगत्तै नेपालमा सीले गरेको भ्रमणले त्रिदेशीय साझेदारीको आधारसमेत बनेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *