फूटबल खेल्दा-खेल्दै परेको चट्याङले यसरी खेलाडीलाई मैदानमै लडायो (भिडियो)

खेलकुद

पोखरा १ असोज- जमैकामा भइरहेको एक फूटबल कैयौं खेलाडीहरूलाई उपचार गर्नुपरेको छ । वुल्मर्स बोयज स्कूल र जमैका कलेजबीच सोमवार भएको म्याच सकिन लाग्दा चट्याङ परेको थियो ।

घटनाको फूटेजमा चट्याङ परेपछि दुईजना खेलाडी घुँडा मारेर बसेको र टाउको समातेको देखिन्छ । त्यसपछि म्याच चालू रहन्छ तर अन्य खेलाडी र प्रशिक्षकहरूले खेलाडीलाई गाह्रो भएको थाहा पाएर सहायता गर्न दौडिन्छन् । पाँचजना खेलाडीलाई अप्ठ्यारो परेपछि रेफ्री कार्ल टाइरेलले खेल बन्द गरेका थिए ।

जमैका कलेजका टेरेन्स फ्रान्सिस र वुल्मरका ड्वेन एलेनलाई निकै चोट लागेको र उनीहरूलाई युनिभर्सिटी हस्पिटल अफ द वेस्ट इन्डीजमा उपचारका लागि लगिएको थियो । एलन उपचारपछि घर फर्किएको अनि फ्रान्सिस अस्पतालमा निको भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *