झाँक्रिले पेटमा प्वाल पारिदिएका मगरको मृत्यु

समाचार

काठमाडौं, ३१ भदौ । जण्डिसको उपचार गर्न भन्दै झाँक्रिकोमा गएका एक युवकको झाँक्रीले पेटमा प्वाल बनाएर उपचार गर्दा ज्यान गएको छ । जन्डिसको उपचारका लागि भन्दै झाँक्रिले पेटमा प्वाल पारिदिएका थिए । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई झाँक्रिले पेटमा प्वाल पारेका थिए । नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका लामाझाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले का टी प्वाल पारीदिएका हुन् । उनको उपचारका क्रममा मंगलवार ज्यान गएको छ ।

२ महिना अघिदेखि जण्डिसले ग्रसित भएका मगर उपचारको लागि झाँक्रिको शरणमा पुगेका थिए । झाँक्रिले पेट काटिएपछि झनै ग म्भीर घा इते भएका मगरलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । जन्डिस अन्तिम चरणमा रहेको र उपचार गर्न नसकिने भन्दै काठमाडौं नयाँ बजारको पिपुल अस्पतालले फिर्ता पठाइदिएको थियो ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको पहलमा फेरी उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । जण्डिस पनि बिग्रिएको र त्यही बेलामा झाँक्रीले थप समस्या उत्पन्न गराइदिएको परिवारको भनाइ छ।

जण्डिसको उपचार गर्ने बहानामा पेटमा ब्लेडले का टेर प्वाल पारिदिने लामा झाँक्री विरुद्ध पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । तर झाँक्री भने फरार छन् । पीडितका भाइ र श्रीमती विमला मगरले लामाविरुद्ध कारवाहीको माग गर्दै प्रहरी कार्यलयमा उजुरी दिएका हुन्। झाँक्रीको खोजी भइरहेको धादिङ प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *