पाठेघरको सफाई गर्ने क्रममा अन्द्रामा कैंची लगाएपछि गायत्री देबीको अकालमै ज्यान गयाे

समाज

वीरगञ्जमा डाक्टरको लापरवाहीका कारण आइतबार एक महिलाले अकालमै ज्यान गुएकी छन् । वीरगञ्ज महानगरपालिकाको बसपार्कस्थित रहेको भवानी हस्पिटलमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी गंगन्देव साहकी श्रीमती गायत्री देबीको उपचारको क्रममा मृत्यु भएको हो ।

डाक्टर श्वेता चौधरी कर्णले पाठेघरको सफाई गर्ने क्रममा अन्द्रा काटेकीले ३५ बर्षीया गायत्री देबीको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गंगन्देव शाहका अनुसार श्रीमती गायत्री देबीको उपचारको लागि भवानी हस्पिटलमा भर्ती गरिएको थियो, जहाँ डाक्टर श्वेता कर्णले चेकजाँच गरेकी थिइन् ।

अस्पतालमा भर्ना गरेपछि डाक्टर कर्णले पाठेघरको सफाई गर्ने क्रममा अन्द्रामा कैंची लगाएकी हुनाले घाइते गायत्री देबीको पूरा शरीरमा पोइजन भई मृत्यु भएको जनाइएको छ । डा. श्वेताको अनुसार गायत्री देबीको पाठेघर फोहोर भई सफाई गर्ने क्रममा आन्द्रामा प्वाँल पर्न गई शरीरको विभिन्न भागमा पोइजन फैलिन पुगेको थियो ।

गायत्रीको अवस्था गम्भीर भएपछि हस्पिटलसँग भ्यान्टिलेटर नभएकाले नेशनल मेडिकल कलेजमा रिफर गरिएको डा. कर्णले बताइन् । नेपाल सरकारको नियम अनुसार पाठेघरको सफाई गर्नु गैरकानूनी हो। गायत्री देबीको अवस्था गम्भीर भएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको १५ मिनेटपछि मृत्यु भएको जनाइएको छ ।

Source-Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *