आलोपालो आधारमा सरकारको नेतृत्व गर्ने विषयले बाम गठबन्धनमा विवाद

Uncategorized

आगामी सरकारको नेतृत्व गर्ने विषयलाई लिएर बाम गठबन्धनमा विवाद,आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति नभएको एमालेको दावी ।

नेपाली राजनीतिमा दलीय सहमति सामान्य मान्नु पर्छ । हरेक राजनीतिक घटनाक्रमलाई व्यवस्थापन गर्न दलबीच सहमति हुन्छ । तर, दल र तीनका नेता, सहमति कार्यान्वयनमा भने विल्कुल इमान्दार छैनन् । त्यसैले बेला–बेला दलबीच तिक्तता पैदा हुने गरेको छ । बाम गठबन्धन यतिखेर त्यस्तै मोडमा छ । आगामी सरकारको नेतृत्व गर्ने सवालमा आलोपालो गर्ने या नगर्ने भन्ने विषयमा गठबन्धनभित्र विवाद सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनपछि एमाले–माओवादी एकताको अनपेक्षित प्रसंगले स्थान पायो । पछि, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धन नै बन्यो । पार्टी एकता गर्ने लक्ष सहित बनेको चुनावी गठबन्धले अपेक्षाकृत सफलता हासिल ग¥यो । अब, एमाले–माओवादी गठबन्धनले बहुमतीय आधारमा सरकार गठन गर्नेछन् । तर, बाम गठबन्धनमा यतिखेर आलोपालो आधारमा सरकारको नेतृत्व गर्ने सवाल विवादको विषय बनेको छ ।

माओवादी नेताहरु गठबन्धन बनाउने क्रममा आगामी सरकारको नेतृत्व आलोपालोका आधारमा गर्ने सहमति भएको दावी गर्छन । तर, आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने सहमति भयो भन्ने माओवादी नेताको भनाई एमाले नेताहरु ठाडै अस्वीकार गर्छन ।

आलोपालोको आधारमा सरकार संचालन गर्ने सहमति नभएको एमाले नेताले दावी माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वय् खण्डन गर्छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको दावी गरे ।

बाम गठबन्धनका मुख्य घटक माओवादी अध्यक्ष दाहालले नै सहमति भएको दावी गरेपछि एमाले नेताको तर्क फिक्का भएको छ । एमालेका शीर्ष नेताले भने यो विषयमा मुख खोलेका छैनन् । त्यसैले आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने विषयमा एमाले–माओवादीबीच सहमति भएको थियो या थिएन भन्न सक्ने अवस्था छैन । तर, विगतको राजनीतिक संस्कार हेर्ने हो भने एमाले–माओवादीबीच सहमति भएको छैन भन्न पनि सकिन्न । एमाले–माओवादी यतिखेर पार्टी एकताको प्रकृयामा छन् । यस्तो अवस्थामा आगामी सरकारको नेतृत्व कसले कसरी गर्ने भन्ने विषयमा बहस हुनुले एमाले–माओवादी एकतामै समस्या उत्पन्न हुने आशंका हुन थालेको छ ।

– news24nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *