ज्ञानेन्द्र शाहीलाई प्रश्न सोध्ने त्रि–चन्द्रका अखिलका विद्यार्थी नेता… यिनै हुन

समाचार

काठमाडौँ, २९ भदौ, २०७६ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रि–चन्द्रका अखिलका विद्यार्थी नेता प्रवेश गरेर सम्मेलन विथोलेका छन् । आइतबार दिउँसो पुल्चो कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर हु*लदङ्गा गरेका हुन् । पत्रकार सम्मेलनमा पत्रकार भनेर प्रवेश गरेका त्रि–चन्द्र क्याम्पस अखिलका गोविन्द थपलिया लगायतका नेताहरुले अन्टसन्ट प्रश्न सोधेका थिए । उनीहरुले नै वि*वाद निकालेर शाहीमाथि आ*क्रमणको प्रयास पनि गरे ।

शनिबार नेपालगञ्ज एयरपोर्टबाट काठमाडौँ आउने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले १ घण्टा बुद्ध एयरको जहाज रोकेको र ज्ञानेन्द्र शाहीलगायतको समूहले गरेको दु*रव्यवहारको विषयमा स्पष्टिकरण दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो।वि*वाद र आ*क्रमण पछी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा वि*वाद उ*त्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए ।उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै आफुलाई बिधार्थी बताउने नेकपा निकट बिधार्थी , सर्वसारधणले पनि चाहिने नचाहिने प्रश्न गरेका थिए । प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?’शाहिमाथी विद्यार्थी भन्ने केही युवाले हातपात गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *