मैले एनसेलको नाम पनि सुनेको छैन : देउवा

समाचार

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आ’पत्ति जनाएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बता उनु भएको छ । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने,

“एनसेलको मैले नाम पनि सुनेको छैन ।’ उनले वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने आफू नै रहेको दाबी गरेको छन। यस्तै, उनले ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको टिप्पणी गरे। “कुनै पनि हालतमा राजतन्त्र फर्कि दैन्”, उनले भने, “यो हल्ला मात्रै हो ।” अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल तोकिएको समेत बताए ।

“दाङमा राम्रा भवन छैनन्”, उनले भने, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस।” बाँकेका काङ्ग्रेस सभापति सहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घ’टनाको दो’षीलाई कारवाही गर्न पनि उहाँले सरकारसँग माग गरे । “बाँके मा ग’म्भीर खालको घ’टना भएको हो”, उनले भने, “यो घ’टनाका दो’षी जो कोहीलाई पनि कार’वाही गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *