बुटवल–पाल्पा सडक खण्डको दोभानमा पहिरोले २ वटा जिप पुर्यो

समाचार

बुटवल, २७ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ ।
पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं. जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं. को स्कारपियो लाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ ल्याइएको छ । अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरोले अवरुद्ध राजमार्ग संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ।

यो पनि पढ्नुहोस

बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोले मोटरसाईकल बगाउदा १ जनाको मृत्यु

Source-Butwal Online news

Leave a Reply

Your email address will not be published. Required fields are marked *