वीरगन्ज । विवाह गरेको १० वर्ष वितिसक्दा पनि दाइजो नल्याएको भन्दै श्रीमान तथा परिवारद्वारा एक महिला कुटिएकी छन् । वीरगन्जको रानीघाट स्थित एक महिलालाई दाइजोको लागि कुटपिट गरिएको छ ।
वीरगंज महानगरपालिका रानीघाटमा रन्जु साहलागि मरानासन्न हुने गरि कुटपिट गरिएको हो । पिडित महिला रन्जु साह कानुलाई उनका श्रीमान गोबिन्द प्रसाद कानु र उनका परिवारका सदस्य लगायत मिलेर कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाईते रन्जु साहको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ । रन्जुको अवस्था गम्भीर रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
बिवाह भएको दस वर्ष विति सकदा पनि उनका श्रीमान गोबिन्द प्रसाद कानु ससुरा जोखु कानु सासू लगातार दाइजोकोे लागि कुटपिट गर्ने गरेको पीडितका भाइ अशोक साहले भने ।
समाचार तयार पार्दासम्म पीडित पक्षबाट कसैले उजुरी नहालेको कारण कुनै प्रतिकृया दिन नमिल्ने जिल्ला प्रहरी प्रवक्ता अनन्तराम र्शमाले बताए ।