एमाले र माओवादी केन्द्र मिलेर नयाँ शक्तिशाली पार्टी बन्छ: प्रदीप ज्ञवाली

Uncategorized

काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् ।

सन्चारकर्मीसँग कुरा गर्दै उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्ने विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारेका थिए।
उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए ।  “एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन”– उनले थपे, “पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।” पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याएका थिए ।

उनले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाएका थिए।

– news24 nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *