जीप खोलामा बग्यो, चालकको उद्धार

जानकारी

रुकुम २७- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने कुमाखोलामा जीप दुर्घटना भएको छ ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खंलगाबाट रुकुम पूर्वको सिस्ने गाउँपालीका–९ पोखरामा यात्रु पु¥याई रुकुम पश्चिमको बाँफिकोट गाउँपालीका २ पिपल तिर फर्केको लु १ ज ४११५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

गाडी चालक रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २५ वर्षीया सुनिल विकलाई तत्कालै प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

अन्य यात्रु नभएकोले मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । सोत: अन्नपुर्ण पोष्ट

Source -Himalayadainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *