डेंगुबाट १८ बर्षिय अविनाशको मृत्यु

स्वास्थ्य

डेंगुबाट १८ बर्षिय अविनाशको मृ*त्यु
– Tv Himalayadainik

डेंगुबाट १८ बर्षिय अविनाशको मृ*त्यु
काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो

विराटनगरमा ६ दिनअघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृ*त्यु भएको छ ।”विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृ*त्यु भएको हो ।

अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।

त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए ।

धरानमा पहिलो पटक बैशाख ३० गते डेंगु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको संक्र*मण फैलिसकेको छ ।

Source- Himalayan Daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *