प्रधानमन्त्री ओलीको मुटुबाट क्याथेटर झिकियो

स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको ठूलो नसामा लगाइएको विशेष प्रकारको क्याथेटर (एक प्रकारको नली) मनमोहन कार्डियोथोरासिक एण्ड मास्कुलर सेन्टरमा बुधबार झिकिएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिस गर्न ओलीको मुटुको ठूलो नसामा क्याथेटर जडान गरिएको थियो ।

प्लाज्माफेरेसिस डायलासिसजस्तै रगत सुद्धिकरण गर्ने प्रक्रिया हो । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । त्यसका लागि ठूलो नसा हुँदै विशेष प्रकारको नलीलाई मुटुको एउटा कोठासम्म पुर्याइएको थियो । सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा करिब १५ मिनेट लगाएर क्याथेटर झिकिएको हो ।

१२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि करिब २ महिनादेखि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *