नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो|
आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको सम्झना गर्दै उहाँले भन्नुभयो, “बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।” अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको बताउनुभयो ।
Source -Tajakhabar