धनीलाई मूल्य बढाएर गरिबलाई सस्तोमा ग्यास दिइन्छ: उद्योगमन्त्री यादव

रोचक

काठमान्डौ , सरकारले निम्न आय भएकाहरुका लागि छिट्टै एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए।मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताए।मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दावी गरे।

Source- Sidhakurajantasnga

Leave a Reply

Your email address will not be published. Required fields are marked *