भोलि नेपाल आउँदै स*न्नी लि*योनी

अन्तर्राष्ट्रिय

काठमाडौं– बलिउड अभिनेत्री स*न्नी लि*योनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले स*न्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए ।निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् । प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने स*न्नीले मिडिया साक्षा त्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ ।

शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी स*न्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को स*न्नीले एक आइटम नृत्य गरेकी छन् । स*न्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।पो*र्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी स*न्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ । ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, स*न्नी लि*योनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

Source- NewsNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *