चितवन । आर्थिक अभावका कारण भरतपुर क्यान्सर अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेका १० वर्षीय विवेक आचार्यको उपचारमा समस्या देखिएको छ। विवेक २ वर्षदेखि ब्लड क्यानसरको समस्याबाट पीडित छन्।
विवेकका बाबु गोपाल आचार्यले आर्थिक सहयोगको याचना गर्दै छोराको जीवन बचाइदिन आग्रह गरेका छन्। दुई वर्षदेखि भरतपुर अस्पतालमा उपचार गराउदै आएका विवेकको अझ लामो समयसम्म उपचार गर्नु पर्ने भएकाले आर्थिक समस्या थपिएको हो।
अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेका १० वर्षीय विवेक आचार्य । सहयोगको याचना गर्दै विवेकका बाबुले भनेका छन्, ‘हाम्रो आर्थिक अवस्था सामान्य छ। २ वर्षदेखि उपचार गराउदा भएको सबै पैसा सकियो। अब अझै केही समय उपचार गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन्, तर आफुसँग पैसा नहुँदा समस्या भएको हो। मानविय सहयोग भएकाले यहाँहरुले जे जति सक्नुहुन्छ सहयोग गरिदिए मेरो छोराले नयाँ जीवन पाउने थिए।’
सहयोग गर्न चाहनेले सिधै विवेकका बाबु गोपाल आचार्यको ९८१०१९००५५, ९८६५३५०३५० नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ वा ग्लोबल आइएमी बैँकको खाता नम्बर 1807010008649 मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।
sabhar:dainikonline