माग्ने बुढा भन्छन – के खाउँ के लाउँ भन्ने गरिब जनताले कर तिर्नुपर्ने, एनसेलले कर तिर्नु नपर्ने ?

रोचक

सर्बोच्च अदालतले बहुराष्ट्रिय कम्पनी एनसेलबाट पुँजिगत लाभकर असुल नगर्ने आदेश दिएपछि यो बिसयमा राजनैतिक दलका प्रभावशाली नेता, सांसद हुँदै अब सार्वजनिक छवि बनाएका कलाकारले पनि आफ्नो मुख खोलेका छन् ।यसै क्रममा चर्चित हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले पनि मुख खोलेका छन् ।चर्चित हास्य कलाकार घिमिरेले ठेलागाडामा सेलरोटी पकाएर बेच्ने सर्वसाधारणले चाहिँ कर तिर्नुपर्ने के खाउ के लाउ भन्ने गरिब जनताले कर तिर्नुपर्ने तर देशकै सबैभन्दा ठूलो बहुराष्ट्रिय कम्पनी र सबैभन्दा धेरै मुनाफा कमाउने कर किन नतिर्ने ? भन्ने प्रश्न खडा भएको टिप्पणी गरे ।

ठूला कम्पनीले कर नतिर्ने अनि साना कम्पनी र ब्यक्तिले कर तिर्ने नसक्ने अनि देश कसरी बन्छ भन्ने प्रश्न गर्दै एनसेलले सरकारले निर्धारण गरेको पुँजिगत लाभकर तिर्नैपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् । एनसेल पुँजिगत लाभकर बिवादमा सर्बोच्चले फैसला गरे सँगै उक्त फैसला नेपालको न्यायीक इतिहासकै सर्वाधिक बिबादास्पद फैसला बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *