पाँचथरमा रोकिएन हत्याकाण्डको शिलशिला, घाँटी रेटेर किशोरीको हत्या

समाचार

पाँचथर / पाँचथरको दक्षिणी भेग मिक्लाजुङमा नौ जनाको हत्या भएको एक महिना नवित्दै पाँचथरको जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत इलाम घर भएकी २१ वर्षीया सुजाता तामाङको शव मंगलबार गएराती अवस्थामा चित्ते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले वताउनुभयो ।

वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो । दुईवटा समुहको बैठक सकि कार्यालय तर्फ फर्किदै गरेकोे अवस्थामा उनको हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यलयको प्रारम्भिक अनुसन्धानबाट युवतिको साथमा भएको नगद रु ७८ हजार ५ सय रुपैँया हत्यामा हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ । युवतिको हत्या लुटपाटकै लागी गरिएको हो कि अन्य अरु कारण पनि हो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

युवतीको शव पोष्टमाटमको लागी मंगलबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । युवतीको शवलाई उनको आफन्तहरु इलामबाट आए पछि पोष्टमाटम गरिने प्रहरीले बताएको छ । युवति स्थायि ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ । उनि केहि समय दखि फाइनानसमा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन । हत्यामा संलग्न हरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *