‘जनता सडकमा उत्रेको बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन’ : क्याप्टेन लामा

राष्ट्रिय

नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामाले पछिल्लो समय सरकारले आमा जनतालाई आतंकित बनाउन थालेको बताउनु भएको छ । सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र विरोध भइरहेको बेला क्याप्टेन लामाले नेवार समूदाय मात्र नभएर अन्य सम्पूर्ण समूदायहरूलाई पनि सरकारले आतंकित बनाउन थालेको बताउनु भएको हो । लामाले फेसबुकमा लेख्नु भएको छ- ‘दुई तिहाइको सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइन ? त्यस्तो चाहिँ नहोस् पनि किनकि जुन दिन नेपाली जनता सडकमा उत्रेर एक स्वरमा विरोध गर्छन्, त्यतिबेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई ।’

काँधमा काँध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौँ, तपाइहरू एक्लो हुनुहुन्न, सम्पूर्ण नेपाली परिवार तपाइहरूको साथमा छ ।’

देशको कला, सम्पदा, सांस्कृतिक जगेर्ना गर्न र देशमा शान्ति ल्याउने हो भने गुठी विधेयक फिर्ता लिनु पर्ने उहाँको ठहर छ । ज-जसले आफ्नो कला संस्कृति र सम्पदालाई संरक्षण गरेको छ उनीहरुलाई सबैको साथ भएको पनि बताउनु भएको छ । उहाँ लेख्नु हुन्छ- ‘नेवा समुदाय र अन्य समुदाय ज-जसले नेपालको कला संस्कृति र सम्पदालाई संरक्षण गरी राखेका छन्, । उहाँहरुलाई हामी सबैको साथ छ ।’ नेवा समूदया एक्लाे नभएकाे पनि लामाले बताउनु भएकाे छ । उहाँले लेख्नु भएकाे छ-‘काँधमा काँध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौँ, तपाइहरू एक्लो हुनुहुन्न, सम्पूर्ण नेपाली परिवार तपाइहरूको साथमा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *