चर्चित गायिका नेहा कक्करको कार्यक्रमबाट संचालकसहित ३ जना प्रकाउ…..

जानकारी समाज

काठमाडौँ, जेठ २६ ।  भारतीय चर्चित गायिका नेहा कक्करको संगीतिक कार्यक्रम विवादित बनेको छ । शनिबार राति  ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स एलओडीमा तनाव सिर्जना भएको हो । रामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबले आयोजना गरेको ‘नेहा कक्कड लाइभ’ को लागि क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको जनाइएको छ ।

तनाव सिर्जना भएपछि कार्यक्रमका आयोजक दिपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरिसंगै अर्का एक जना संचालकलाई सोह्रखुट्टे बृत्तको थुनामा राखिएको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले जनाएको छ । भारतीय चर्चित गायिका नेहा कक्कर शुक्रबार साझ नै काठमाडौँ आएकी हुन् । गायिका नेहा शुक्रबार साझ आफ्ना ब्याण्डका संगीतकर्मी सहित काठमाडौ आएकी हुन् । पहिलो पटक गायिका नेहा कक्कड  काठमाडौका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत भएकी हुन् ।

यो पनि पढ्नुहोस्ः ८० वर्षिय सासुलाई दैनिक कुट्ने बुहारी पक्राउ, आठ वर्षीयाले खिचेको भिडियो भाइरल – भारतको हरियाणामा सासुलाई दैनिक कुट्ने बुहारी पक्राउ परेकी छन् । खाटमा बसिरहेकी एक वृद्धा लाई बुहारीले पटकपटक सासुलाई कुटेको भिडियो भाइरल बनेको छ ।यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् ।

भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पनि पेन्सन पाउने गरेको पनि बताइन्छ ।हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि लेख्दै ट्विट गर्दे दुःखद र निन्दनीय भएको बताएका छन् ।यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’ वृद्धाको उमेर ८० वर्ष बताइएको छ । पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *