अर्जुन क्षेत्रीले गौशाला कार्यालयमा सोझासाझाबाट यतिसम्म ठगी गरेको आरोप, कार्यालय सहयोगीले गरे सबै पर्दाफास (भिडियो सहित)

जानकारी समाज

काठमाडौँ, २१ जेठ । भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट आज एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार भोजपुरका जरायोटार घर भई काठमाडौँ सिनामङ्गल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

यही जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । उनले आफूलाई ज्योतिषी हो भन्दै विभिन्न यूट्युब च्यानलमा अन्तरवार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ ।

ठगिको आरोप – अर्जुन क्षेत्रीले हचुवामा भविश्यवाणी गरेर जनतामा अफवाह फैल्याउने मात्र हैन ठगि गरेको पनि आरोप लागेको छ । उनले विभिन्न व्यक्तिहरुबाट नगद रुपैया लिएर फिर्ता नगरेको आरोप लागेको छ । आफुलाई पैसाको निक्कै खाचो परेको भन्दै ओखलढुंगाका केशव भट्टराईबाट एक लाख रुपैया लिएर नदिएको भट्टराईका भाइले जानकारी दिएका छन ।

बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका भट्टराईले एक लाख रुपैया दिएपछि आफ्नो भाइ रनबिर भट्टराईलाई पनि कार्यालयमा काम लगाई दिन आग्रह गरे अनुसार कार्यालय सहयोगीको रुपमा राखेको खुल्नमा आएको छ । रनबिर अर्जुन क्षेत्रीको कार्यालयमा बस्दा त्यहा हुने गरेको ठगिको बारेमा जानकार थिए । त्यहाँ उनले सर्बसाधारणबाट विभिन्न बहानामा ठग्ने गरेको खुलासा गरे ।

यति सम्म कि अर्जुन क्षेतीले ४५ दिनमा भाग्य चम्काई दिने अफर समेत राख्ने गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *