‘देशमा ठूलो भूकम्प आउँछ’ भन्ने ज्योतिष अर्जुन क्षेत्रीलाई अन्तर्वार्ता लिने यूट्यूव च्यानललाई पनि कारबाही गरिने…..

जानकारी समाज

काठमाडौं, २१ जेठ । ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘देशमा ठूलो भूकम्प आउँछ’ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षीय क्षेत्रीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।उनले युट्युबमा भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । प्रहरीले उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको विपद् सम्बन्धी अफवाह फैलाएको कसूरमा उनलाई पक्राउ गरिएको उनले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाउदै प्रहरीले अफवाह फैलाउले यूट्यूवलाई पनि छानविन गरेर कारबाही गरिने बताएको छ ।

यो पनि पढ्नुहोस्ः अन्तत भूकम्प आउछ भन्दै जनतामा त्रास फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ – विगत केहि महिना देखि निरन्तर हचुवाको भरमा भविश्यवाणी गर्दै सर्बसाधारण माझ आतंक फैलाउदै आएका ज्योतिषी अर्जुन क्षेत्री पक्राउ परेका छन । उनले देशमा ठुलो शंकट आउने र जेठ महिना भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प आउने भन्दै युत्युब च्यानलहरुमा अन्तर्वार्ता दिदै आएका थिए ।

आफुलाई फेस रिडर भन्दै हिडेका उनले बिना आधार भूकम्प र अन्य घटनाहरुको भविष्यवाणी गर्दै आएका थिए । उनको त्यस प्रकारको हर्कदको विरुद्द विश्व ज्योतिष महासंघ समेत लागेको थियो । केहि महिना अघि उनलाई बोलाएर सम्झाएर पठाए पनि पुन: उनले त्यस्तै प्रकारको हर्कद गर्न थालेका थिए ।महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा २६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनलाई कारवाही गर्नु पर्ने माग ज्योतिष समाजले नै गर्न थालेका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *