नागरिकता बनाउन आएकी छोरीमाथि खुर्पा प्रहार गरी गम्भीर बनाउने बाबु प्रहरी नियन्त्रणमा…..

जानकारी समाज स्थानीय

धादिङ, २१ जेठ । धादिङ जिल्लामा एक ब्यक्तिले आफ्नै छोरीमाथि खुर्पा प्रहार गरेका छन् । जिल्लाको धुवाँकोट अम्वोटेका बलराम वस्तीले आफ्नै छोरी सुनिता वस्तीलाई खुर्पा प्रहार गरेका हुन् । बाबुको खुर्पा प्रहारबाट सुनिता गम्भीर घाइते भएकी छिन् । खुर्पा प्रहारबाट सुनिताको निधारमा गहिरो चोट लागेको छ ।जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि अहिले उनलाई काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

नीलकण्ठ नगरपालिका- १४ धुवाँकोट अम्वोटेका बलराम वस्तीले छोरी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा खुर्पा प्रहार भएको बुझिएको छ । सुनिता आफ्नी आमासंग हेटौडामा बस्दै आएकी थिइन् । उनलाई बाबु बलरामले नै नागरिकता बनाउन बोलाएका थिए । सोहि अनुरुप सुनिता आफ्नी आमासंग सोमबार धुवाँकोट आएकी थिइन् । धादिङका प्रहरीले बलरामलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्ः पोर्चुगलमा सडक दुर्घटनामा परि गुल्मीका रमेशकुमार शर्माको निधन – युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो ।

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ । शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहनुभएका उनका दाजु अमृतले जानकारी दिनुभयो । उहाँको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । “दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताउनुभयो ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी हुनुहुन्छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *