आफुलाई बिहे गर्न दबाव दिएको भन्दै १८ वर्षीय प्रेमिकाको निर्मम हत्या…..

जानकारी समाज स्थानीय

बुटवल, २० जेठ । बिबाह गर्न दबाव दिएको भन्दै एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.१ भुझौलीका असरुद्धिन मुसलमानले सोहि गाउ बस्ने १८ वर्षीय प्रेमिका सवनम निशाको हत्या आरोपमा पक्राउ गरिएको छ । गत वैशाख ३० गते मृत अवस्थामा भेटिएकी निशालाई असरुद्धिनले अन्य दुई जनाको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले जानकारी दिए ।

प्रेममा रहेको तर आफुलाई विबाह गर्न मन नभएको तर प्रेमिकाले दबाव दिइरहेको भन्दै उनले हत्या गरेको खुलेको छ । प्रेमिकाको हत्या गर्न सहयोग गर्ने एक अस्लाम मुसलमानलाई पक्राउ गरे पनि संलग्न अर्को एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *