प्रहरीको कुटपिटबाटै ज्ञानेन्द्र शाही घाइते : मानव अधिकार आयोग

समाचार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको बताएको छ ।

गत जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा कुटपिट गरी घाइते बनाएको खुलेको आयोगको दावी छ ।

प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ विनापूर्जी पक्राउ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
उत्ता प्रहरीले भने पत्रकार सम्मेलन गर्दै शाहीलाई कुनै यातना नदिइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *