सडकमा काफल बेच्ने ‘काफलवाली’ सम्मानित

समाज

सन्धिखर्क : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार   एक समारोहका बिच सम्मान गरेका हुन्।

स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा अध्ययनरत छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *