रंगशालामा डोजर चलेपछि आक्रोशित भएकी कुन्जना घिमिरे ‘सुन्तली’ को विषयलाई लिएर मिना ढकालको यस्तो प्रहार

जानकारी समाज

काठमाडौँ, १८ जेठ। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारमा डोजर लगाएको विषय यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । उक्त घटना पछी धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम स्थगीत गरेका छन । निर्माणाधीन रंगशालामा डोजर लगाइए पछी अभियानता कुन्जना घिमिरे ‘सुन्तली’ ले कडा प्रतिकार गरेकी थिइन । घटना घट्दा स्थानीयले समेत साथ नदिएको भन्दै उनि निक्कै आक्रोशित भएकी थिइन । यहि विषयलाई लिएर कति व्यक्तिहरुले कुन्जना घिमिरे सम्हालिएर बोल्नु पर्ने बताएका छन ।

यसैबीच, चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले कुञ्जना घिमिरे उर्फ सुन्तलीमाथि गम्भीर प्रश्न उठाएकी छन् । राष्ट्रिय रुपमा ख्यातीप्राप्त र नेपाली जनताले आदर्श मानेका व्यक्तीले स्थानिय जनतालाई सार्वजनिक रुपमै देशद्रोही र अपराधी भन्नु सर्वथा गलत भएको ढकालले फेसबुकमार्फत टिप्पणी गरेकी हुन् । मिना ढकालले आफ्नो फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस :

सहयोग कहाँ र कस्तो ठाउमा गर्ने हो, अलि बिचार पुर्याउनु जरुरी हुन्छ, गाँस नै काटेर गरेको सहयोगको सहि सदुपयोग हुन्छ कि हुन्न बिचार पुर्याउनु पर्छ! अनि एउटा राष्ट्र स्तर र नेपाली जनताले आदर्श मानिएका ब्यक्तिको जिब्रो बाट अपराधी,देसद्रोहि लगायतक शब्द मिडियाका सामु बोल्दा आफ्नो धरातल पो बिर्सियो कि ?!!# रंगशाला #

Leave a Reply

Your email address will not be published. Required fields are marked *