जेलभित्र पानी माग्दा मुखमा पिसाब गरिदिने जेलरलाई जब आफु राष्ट्रपति भएपछि भेटे तव घट्यो नसोंचेको घटना (पुरा पढ्नुहोस्)

जानकारी धर्मदर्शन

एजेन्सी, १६ जेठ । दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेला काला जातीहरुको अधिकारका लागि बर्षौं संघर्ष गरे, जेल नेल भोगे अनेक हण्डर खाए । उनि जेल पर्दा जेलभित्र धेरै यातना दिइयो । यहाँसम्मकी उनले पिउने पानी माग्दा जेलरले उनलाई मुखमा पिसाब फेरिदिएका थिए । जब नेल्सन मन्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति बने त्यसपछि एक दिन यस्तो घटना घट्यो जसले जुन घटना उनको जीवनका लागि अविश्मरनिय बन्यो । मन्डेला आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए ।

सबैले आ–आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले । त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने । अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले । ति ब्यक्तिले पनि खाना खान थाले । तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो । उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए । ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, ‘राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ।

खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्तिएका देखिन्थे ।’ मण्डेलाले भने, तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन । बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए ।’ मेण्डेलाले अगाडि भने ‘जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई–चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ।’

मण्डेलाले फ़ेरि अगाडि भने ‘अहिले म देशको राष्ट्रपति छु । सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु । तर, मेरो चरित्र त्यस्तो छैन । मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ । धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *