९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल सीतालाई उपचारका लागि दमक लगियो , त्रसित रहेको भन्दै भेटघाटमा गरियो कडाइ

Uncategorized

दमक – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । भने एक किशोरी घाइते भएकी छिन्।घाइते हुनेमा १२ वर्षीया सीता खजुम रहेकी छिन् ।उनी सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल भएकी हुन् ।घाइते भएकी सीताको थप उपचारका लागि दमक लगिएको छ ।सोमबार राति ९ जनाको हत्या हुँदा उनी भागेर बाँच्न सफल भएकी थिइन् ।

उनले छिमेकीको घरमा लुकेर ज्यान जोगाएकी थिइन् ।उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी परिवारका सदस्यको हत्या गरेको सीताले बताएकी छिन् ।अहिले । उनी विक्षिप्त रहेको भन्दै चिकित्सक र सुरक्षाकर्मीले भेटघाटमा कडाइ गरेको बताइएको छ ।