एकाबिहानै आयो निकै दुखद खबर : पाँचथरमा रातारात २ परिवारका ९ जनाकाे विभत्स हत्या, पुरै गाउँ यसरी भयो शोकमा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

Uncategorized

काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा छन् ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज लिम्बु, २६ वर्षीया मनकुमारी लिम्बु, छ वर्षीया इक्सा लिम्बु, १३ वर्षीया योवना लिम्बु, आठ वर्षीया मुना लिम्बु, ७४ वर्षीय बमबहादुर लिम्बु, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मुखुण्डो लगाएर आएको समूहले हत्या गरेकाे जनाइएकाे छ । घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको तर इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली अभैँ पुग्न सकेकाे छैन् ।

घटना मध्यरातमा भएका कारण स्थानीयले समेत थाहा पाएका थिएनन् । स्थानीयवासीले घटनाबारे बिहान मात्रै थाहा पाएका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको हो । मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिणमा घटना भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मुरारीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

एकसाता अघिमात्रै पाँचथरमै एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको थियाे । हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको हत्या भएको थियाे तर ङटनामा संलग्न कसैलाइ पनि प्रहरीले पक्राउ गर्न सकेकाे छैन् ।

उनकाे शव घर नजिकैको खोल्सामा घाँटी आधा रेटिएको अवस्थामा फेला परेको थियाे ।