जेठाजुले हत्या गर्नु अगाडी पानी लिन गएकी अन्जना , आफुले पानी पनि भन्न नपाइ संसार छोड्नु पर्यो !

Uncategorized

काठमान्डौ , भनिन्छ मानिस कोमल हृदय भएको चेतनशील प्राणि हो तर हाम्रो समाजमा केहि यस्ता पात्र भेटिन्छन तिनीहरु राक्षसरुपी मानबको रुपमा जन्मिएका हुन्छन । घटना ललितपुरको हो ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरे । हत्या गरेर मारिएकी अन्जना क्यानाडा जाने तयारिमा रहेकी थिइन ।घटना घट्नु अगाडी उज्ववल छिमेकीको पसलमा पत्रिका पढेर फर्किएको छिमेकी बताउछन । धारोमा पानी न आएको कारण हत्या हुन् केहि अगी मात्र अन्जना घर भन्दा केहि पर पानी लिन गएकी थिइन ।

अन्जनाकी सासु (उज्ववल महत) की आमा सुतेकी थिइन एक्कासी छोराले आमा मैले उसलाई काटे भन्दै बोलाएका थिए। पारिवारिक श्रोतका अनुसार उनले पहिले काम गरेको ठाउ बाट बारम्बार धम्कि आउने गरेको थियो ।स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको थियो ।

प्रहरी श्रोतका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ।बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पा टन अस्पतालले बी एण्ड बी पठाएको थियो।उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ।