इटहरीमा गुड्दै गरेको बसमाथी ढुङ्गा मुडा प्रहार, लालमाया सिकिस्त

Uncategorized

इटहरी । बसले दुब्र्यवहार गरेको भन्दै बसमाथी ढुङ्गा प्रहार गर्दा सर्लार्हीकी लालमाया तामाङ सिकिस्त भएकी छिन । ना ४ ख २८४७ नम्बरको बसमा हानेको ढुङ्गा लालमायाको दाँतमा लाग्दा सिकिस्त भएकी हुन । सुनसरी मझौराका मनोज चौधरीले बसमा ढुङ्गा प्रहार गरेका हुन ।

पथरीबाट सर्लार्ही हिडेको लाल माया र उनका श्रीमान मनोजबहादुर पाख्रिन सँगै बेसेको थिए । पकली छेउमै पुगे पछि ढुङ्गाले लागेर लालमाया शक्त घाईते भएको प्रहरीले जनाएको छ । अगाडीको सिसा फुटाईदिएको इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर जितेश दाहालले बताए ।

अनुहारमा गम्भिर चोट लागेको तामाङको इटहरीमा उपचार हुन नसके पछि धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेको चौधरीले भने अर्को बसमा ढुङ्गा हान्दा अर्को बसमा लागेको स्वीकार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *