काठमाडौंमा एकाबिहानै गोरु काटेर भाग लगाईरहेका ४ जना रंगेहात पक्राउ !

Uncategorized

काठमाडौँ : काठमाडौंको बौद्धबाट गोरु काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
आईतबार बिहान करिब २ बजे बौद्ध स्थित तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोरु काटेको आरोपमा पक्राउ पर्नेहरुमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेको र उनीहरुलाई मासु भाग लगाइरहेको अवस्थामा रंगेहात पक्राउ परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान गरि कारबाहीको प्रक्रिया अगाडी बढाइएको छ ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *