‘मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ’ बोलको गीतमा संगीत दिने चर्चित संगीतकार बिजु बज्रको निधन

Uncategorized

काठमाडौँ – चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ ।संगीतकार बिजु बज्रको आइतबार हृदयाघातबाट निधन भएको हो ।उनको उपचारका क्रममा आइतबार सिभिस हस्पिटलमा निधन भएको हो । संगीतकार बिजु बज्र २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका थिए । उनको ४८ वर्षको उमेरमा निधन भएको हो ।

उनले मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु लगायत गीत सहित १४र१५ सय भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । उनका श्रीमति, दुई छोरा र एक छोरी छन् ।बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *