सामान्य ज्वरो आएर अस्पताल गएका बिरामीको मृत्यु

Uncategorized

जनकपुर -अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । मृत्यृ हुनेमा शिवम चौधरी रहेका छन । जनकपुरधाम उपमहानगरपालिका९ ४ उतिमपुर निवासी इन्द्रेस चौधरीका अन्दाजी १७ वर्षीय छोरा शिवम चौधरीको उपचारमा क्रममा मृत्यु भएको हो । आइतबार दिउँसो करीब साढे ३ बजे सामान्य ज्वरो भई उपचारका लागि आएका उनि अस्पतालमानै मृत्यृ भएको हो ।

परिवारजनका अनुसार मृतक शिवम ५ दिनदेखि ज्वरोका बिरामी थिए र ज्वरोको कारण उनलाई असस्पताल लगेको थियो । शिवमलाई शुरूमा इमरजेन्सीमा भर्ना गरिएको थियो, त्यसको दुई घण्टापछि वार्डमा पठाइयो ।

त्यहाँ कुनै चिकित्सकले हेरचाह नगरेका र उपचार पनि नगरेका कारण र इमरजेन्सी पुर्जामा बिरामीलाई कुन कुन औषधि प्रयोग गरिएको हो सो लेखिएको छैन भने कार्डियो प्लामीनरका कारण उनको मृत्यृ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *