बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

Uncategorized

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी-हुरी प्रभावितहरुका लागि एक करेाड सहयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *