बोरामा आफ्नै १७ वर्षीया बहिनी परिकुमारीको शव बोकेर हिँडेका दाजूभाई पक्राउ

Uncategorized

काठमाडौँ अाफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् ।

गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बोकेको बोरा चेकजाँच गर्दा शव भेटिएको र अनुसन्धानको क्रममा सो शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न आएको बताइएको छ । दाससंस्कारका लागि दुइजना दाजूभाई मात्र हिँडेकाले शंका उत्पन्न भएको भन्दै प्रहरीले आवश्यक छानविन अगाडी बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *