काठमाडौं, ३ पुस– माओवादी केन्द्रले पार्टी एकतापछि एउटै नेतालाई तीन पद नदिने भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा आफ्ना धारणा राख्दै माओवादी नेताहरुले पार्टी एकतापछि एमाले अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष दिन नसकिने विषमा धारणा राखेका थिए ।
वैठकमा सहभागी एक नेताका अनुसार सम्मानजनक पदको बाँटफाडँ एकतामा हुनुपर्नेमा अधिकांश वक्ताले जोड दिएका थिए ।
‘बाहिर प्रचारमा आएको जस्तो संसदीय दलको नेता, प्रधानमन्ी र पार्टी अध्यक्ष एकै जनालाई मान्न सकिन्दैन’ एक नेताले भने‘एकतापछि सम्मानजनक पदको बाँडँफाट हुनुपर्छ ।’
वैठकले पार्टी एकता र सरकार गठनलाई संगसँगै लैजाने निर्णय गरेको छ ।
– enepalpost बाट