नेपालबाट छुटेको बस एक भारतीय कारसँग ठोक्किदा ५ जनाको घटनास्थलमै मृत्यु

Uncategorized

काठमाडौँ – भारतमा नेपाली बस दुर्घटना भएको छ ।नेपालबाट छुटेको बस एक भारतीय कारसँग टोक्किदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु सबै कारमा सवार यात्रुहरु रहेको बताइएको छ । दाङ घोराही–तुलसीपुरबाट दिल्लीको लागि छुटेको ना ६ ख ७११३ नम्बरको बस भारतीय कारसँग ठोक्किएको हो ।

भारतको उत्तरप्रदेशको पिलिभित भन्ने ठाउँमा नेपालबाट छुटेको बस कारसँग ठोक्किएको बताइएको छ । बसमा ३३ जना यात्रु र ३ जना गाडि स्टाफ गरि ३६ जना यात्रु सवार रहेको र बससँग कार ठोक्कीएर कारमा आगालागी हुँदा ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *