कुलमान इमानदार बन्दा देशै उज्यालो भयाे, मुलुक बनाउन सबै इमानदार बनाैँ : पारस खड्का

Uncategorized

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुक निर्माणका लागि सबैले आफ्नो स्थानबाट इमान्दार बन्न आवश्यक रहेको प्रष्ट पार्नु भएको छ ।

कुनै समय अब नेपालमा लोडसेडिङ हुँदैन भन्दा आफु निकै बेर हाँसेको स्मरण गर्दै खडकाले एउटा व्यक्तिको इमान्दारको परिणामले आज देश उज्यालो भएको बताउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित काठमाडौं युथ कलेक्सन २०१९ कार्यक्रमलाई सम्बोधन गर्दै सही व्यक्ति सही स्थानमा पर्दा मुलुकबाट लोडसेडिङ हटेको चर्चा गर्नुभयो ।

उहाँले कुलमान घिसिङ एक जना इमान्दार बन्दा देश उज्यालो हुन्छ भने बाँकी सबै किन मुलुकप्रति इमान्दार नबन्ने भन्ने प्रश्न गर्दै प्लस टु सकिने वित्तिकै विदेश जाने सपना नदेख्न आग्रह गर्नुभयो ।

प्लस टु सकेर आफु पनि विदेश जान खोज्दा अष्ट्रेलियाका भिषा नलाग्नु आफ्नो लागि सुखद भएको स्मरण समेत उहाँले गर्नुभयो । कप्तान खड्काले ठूलो सपना नदेखि कोही पनि अगाडि बढ्न नसक्ने उल्लेख गर्दै नेपाली क्रिकेट टिमले ‘वन डे’ विश्वकप खेल्ने मात्र नभइ जित्ने सपना र सोंच पनि बनाएको प्रष्ट पार्नुभयो ।

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान बन्न लागेको पन्ध्र बर्ष वित्न लागेको प्रसंग कोट्याउदै उहाँले बिभिन्न अभावका बाबजुद पनि क्रिकेटमा आफुहरुले केही चेञ्ज गरेर देखाएको पनि खड्काको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *