बधाई दिन जापानिज राजदुत ओली निवासमा ,नेपालको विकास निर्माणमा निरन्तरता दिने जापानको प्रतिवद्धता

Uncategorized

भक्तपुर। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागी जापानका राजदुत मासाशी ओगावाई बीच भेटवार्ता भएका छन्। जापानी राजदुत अगुवाई झापा क्षेत्रनम्वर पाँचबाट विजयी भएका एमाले अध्यक्ष ओलीलाई बधाई दिनको लागि ओली निवास बालकोट गएको थियो ।

ओलीले भेटमा आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने र  भ्रष्टाचार न्यूनिकरण,विकास,समृद्धि,पारदर्शीता जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने ओलीले बताए।

ओलीले भने ‘हामी लोकतन्त्रका आधारभुत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिवद्ध छौँ’ । आगामी सरकार असमानता,गरिबी,सामाजिक विभेद जस्ता नेपाली समाजका वेथितीहरु ह्टाउन प्रयासरत रहने ओलीले बताए।

जापानबाट विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले जनाए । राजदुत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माणहुने अपेक्षा आफूले गरेको बताए। नेपालको विकास निर्माणमा जापानले निरन्तरता दिने प्रतिवद्धता राजदुतले व्यक्त गरेका हुन् ।
– news24 nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *