पशुपतिनाथले सबैको रक्षा गरुन अाजको राशिफल वि.स. २०७५ साल चैत्र ४ सोमबार सन् २०१९ मार्च १८ तारिक

Uncategorized

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र ४ सोमबार नेपाल सम्बत ११३९ चिल्लाथ्व तदनुसार सन् २०१९ मार्च १८ तारिक शुक्लपक्ष द्वादशी तिथि अपरान्ह २ वजेर ३५ मिनेटसम्म उप्रान्त त्रयोदशी तिथि,अश्लेषा नक्षत्र साँझ ७ वजेर १० मिनेटसम्म उप्रान्त मघा नक्षत्र,सुकर्मयोग,बालवकरण, आनन्दादियोग सौम्य,सूर्य मीन राशीमा,चन्द्रमा साँझ ७ वजेर १० मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा । काल राहु वायव्य र पाश आग्नेय कोणमा,योगिनी नैऋत्य दिशामा,शुक्र पूर्व दिशामा एवं चन्द्रमा उत्तर दिशामा भ्रमण गर्ने छन् । पश्चिमको यात्रा शुभ रहला ।

मुहूर्त
राहुकालः–अशुभ विहान ७ वजेर ४३ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर ४३ मिनेटबाट मध्यान्ह १२ वजेर १३ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर ४३ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर ३६ मिनेटबाट अपरान्ह १ वजेर २४ मिनेटसम्म र ३ वजेबाट ३ वजेर ४८ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४८ मिनेटबाट मध्यान्ह १२ वजेर ३६ मिनेट सम्म रहनेछ ।

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ४३ मिनेटसम्म अमृत वेला,७ वजेर ४३ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म काल वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म शुभ वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १३ मिनेटसम्म रोग वेला,१२ वजेर १३ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म चर वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४३ मिनेटसम्म लाभ वेला र ४ वजेर ४३ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ४३ मिनेटसम्म चर वेला,७ वजेर ४३ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म रोग वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म काल वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १३ मिनेटसम्म लाभ वेला,१२ वजेर १३ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म शुभ वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४३ मिनेटसम्म अमृत र ४ वजेर ४३ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

मेषः– सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ सचेत रहनुुहोला । साना साना कुराले भोलीका दिनमा असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

वृषः– समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । संचित धन बढ्नेछ । धार्मिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ । भाई बन्धु स्त्री तथा सन्तानबाट सहयोग,सुख एवं शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । दीक्षा भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिन्न । आर्जित धन लगानी नगर्नु होला ।

मिथुनः–आर्थिक पक्ष कमजोर देखिन्छ । आर्जनका काम भन्दा भोर्जनका काम बढि हुनेछन् । सहयोग गर्ने भन्द असहयोग गर्ने बढि हुनेछन् । दिने भन्दा लिन खोज्ने बढि होलान् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ । आफन्तमा झगडा हुनसक्छ सजग रहनु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । विवादबाट टाढा बस्नु उचित हुनेछ ।

कर्कटः– हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

सिंहः– मेहनत पूर्वक गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन । आफन्तमा झै–झगडा पर्न सक्छ । संचित धनमा ह्रास आउनेछ । व्यय मार्गका ढोका अझै बन्द हुने देखिन्न । आशा र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । यात्रा गर्दा सतर्क रहनु होला ।

कन्याः– समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । ढिला सुस्ति भएमा आएको अवसर पनि गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् ।

तुलाः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आफुमा भएको ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।

वृश्चिकः– इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । आशाका अङ्कुर पलाउने छन् । दीक्षा यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । सहयोग कम मिल्नेछ ।

धनुः– समयले अझै साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक थकान बढ्नेछ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । वोलीको अनर्थ लगाउने छन् । अर्थ अभाबका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । आफन्त सँग विश्वास गुम्नेछ ।

मकरः– अर्थ अभावको महशुस हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापारिक यात्रा हुनसक्छ । बादविबादबाट टाढा बस्नुहोला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । साँझपख काममा अवरोध तथा खर्च विवाद बढ्न सक्छ ।

कुम्भः– हेलचक्र्याई गरेमा दुःख पाईनेछ । काम गरेर अरुलाई बढि कमाई दिने अवस्था आउन सक्छ । अरुको भर परेर काम गर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउनेछ । संघर्षबाट केहि उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिको विश्वास परेर कुनै काम नगर्नु होला । मुद्धामा जीत हुनेछ ।

मिनः– स्त्रीका कारण इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्नो भन्दा अरुको पालन पोषण बढि हुनेछ । काम गरेर जश कमै मिल्नेछ भने विवाद बढि हुनेछ । स्पष्ट कार्य दिशा तयार तय नहुदा कार्य योजना अगाडि बढ्ने छैनन । बस्तु खरीदमा संचित धन खर्च हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *