विप्लव नेतृत्वको नेकपाले गर्‍यो विवाहको ब्यान्डबाजा सवार गाडीमा आगजनी

Uncategorized

कैलाली – आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाब परेको छ । सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको हो ।आज कैलालीमा विप्लव नेतृत्वको नेकपाले विवाहको गाडीमा आगजनी गरेका छन् ।प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पूर्ण रूपमा क्षति हुने गरी आगजनी भएको हो ।

त्यसैगरी आज घोडाघोडी नगरपालिकाको साडेपानीमा ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि पनि विप्लव समूहले ट्रकमाथि तोडफोड गरेका छन् ।यसै गरी आज ठाउँ९ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन्। बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आह्वान गरेको नेपाल बन्दले पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी र शैक्षिक संस्था, बजारपनि चलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *